मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन । त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर) सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख । स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ । “के पिउँछौ? ” हामी त केही पनि पिउँदैनौं । घमाइलो मौसम छ तर हामीसित हिउँ मात्र छ । कृपया मलाई सबै कुरा लेख । यहाँ पट्यारलाग्दो परिवेश छ, मलाई तिम्रो चिठीको खाँचो छ । म तिमीहरुदेखि टाडा छु, वर्ष बिते म तिमीहरुको मायालु मुखको मुस्कान हेर्न चाहन्छु । मेरी प्रियतमाको खबर के छ? उनले अर्को साथी भेटिन्? भेटिनन? उनलाई भन मलाई केही हरफ लेखुन । यहाँ यमराजको न्यायालयजस्तो भयानक स्थिति छ तिम्रो चिठी योगसूत्र बन्छ, त्यसैले आउनै पर्छ । मलाई लाग्छ, उनीहरुले त्यो मलाई दिने छैनन तैपनि मेरा प्रिय मित्रगण, मलाई पत्र लेख्तै गर ।
© Gyan Bahadur Chhetri, 2015